Office of the Auditor General

"Supreme Audit Institution of Nepal"

The Nineteenth meeting of the Audit Advisory Committee was held

लेखापरीक्षण सल्लाहकार समितिको १९ औ बैठक मिति २०८० जेठ ४ गते दिनको २ बजे माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालको अध्यक्षततामा सम्पन्न भयो। उक्त कार्यक्रममा उपमहालेखापरीक्षक तथा समितिका सचिव श्री महेश्वर काफ्लेज्यूले माननीय महालेखापरीक्षक टंकमणि शर्मा दंगालको ६ वर्षे कार्यकालको अवसरमा महालेखापरीक्षकको ६ बर्षिय कार्ययोजनाको उपलब्धी मुल्यांकनको पुस्तक तयार भएको जानकारी गराउनु भयो ।

उक्त अवसरमा माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालले आफ्नो कार्य अवधिमा उपलब्धिको रूपमा महालेखापरीक्षकको कार्यालयको भवन र Nepal Audit Management System (NAMS)  को बारेमा चर्चा गर्नु भएको थियो । कोभिड १९ को कारणबाट केही महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न नसकिएको र आफ्नो महालेखापरीक्षकको कार्ययोजना (२०७४-२०८०) कार्यान्वयन तथा उपलब्धि मुल्यांकन पुस्तक सबिस्तार रूपमा प्रकाशन हुने विषयमा जानकारी गरउदै अाफ्नो कार्यकालमा सल्लाहकार समितिका सबै सदस्यहरुबाट प्राप्त सल्लाह तथा सुझावको लागि हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो। 

Office Hours

Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)

Friday : 10:00 A.M - 3:00 P.M